मुख्यमन्त्री कप टी–ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतलाई



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री कप टी–ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतले जितेको छ । कालुङचोक क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा रुकुम पश्चिमलाई १५ रनले हराउँदै सुर्खेतले उपाधि जितेको हो ।

एक सय ३२ रनको लक्ष्य पाएको रुकुम पश्चिमले निर्धारित २० ओभरमा एक सय १६ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको सुर्खेतले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३१ रन बनायो । घरेलु टोलीका लागि कप्तान विपिन रावलले ४८ रनको योगदान दिए ।

प्रतियोगिताको उपाधिसँगै सुर्खेतले रु एक लाख एक हजार नगद प्राप्त गरेको छ भने उपविजेता रुकुमपश्चिमले ५१ हजार पाएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा प्रदेशका सात वटा जिल्लाले भाग लिएका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भेनेजुएला कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

काठमाडौँ । भेनेजुएला कोपा अमेरिकाको समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको

फ्रान्समा हुने पारालिम्पिकमा भीमबहादुरले खेल्ने

  काठमाडौं । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने ‘पेरिस २०२४ पारालिम्पिक’मा

जर्मनी युरोकपको क्वाटरफाइनलमा

काठमाडौं । आयोजक जर्मनी युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति

रोहित र विराटले लिए टी–२० बाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले