समाजसेवी सैँजूद्वारा खेल सामग्री प्रदान



खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१का समाजसेवी गोपाल सैँजूले आफूले प्रारम्भिक शिक्षा पाएको विद्यालयका ६० जना विद्यार्थीलाई ट्रयाकसुट तथा विभिन्न खेल सामग्री प्रदान गरेका छन् ।

दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उनले बिहीबार ती सामग्री प्रदान गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले जानकारी दिए । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई, शिक्षक, अभिभावकको उपस्थितिमा ती सामग्री प्रदान गरिएको हो ।

विसं २०३३ माघ १५ गते स्थापना भएको यो विद्यालयको भौतिक संरचना जीर्ण छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित विद्यालयको स्तरोन्नतिमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि समाजसेवी सैँजुले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भेनेजुएला कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

काठमाडौँ । भेनेजुएला कोपा अमेरिकाको समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको

फ्रान्समा हुने पारालिम्पिकमा भीमबहादुरले खेल्ने

  काठमाडौं । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने ‘पेरिस २०२४ पारालिम्पिक’मा

जर्मनी युरोकपको क्वाटरफाइनलमा

काठमाडौं । आयोजक जर्मनी युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति

रोहित र विराटले लिए टी–२० बाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले