टि–२० विश्वकपमा इङ्ल्याण्डलाई हराउँदै भारत फाइनलमा



 

काठमाडौँ । इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

गुयनामा गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो । यससँगै अब भारतले उपाधिका लागि दक्षिणअफ्रिकासँग खेल्नेछ । फाइनल खेल भने भोलि राति हुनेछ । यसअघि भएको पहिलो सेमिफाइन खेलमा दक्षिणअफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा इङ्ल्याण्ड १६ दशमालव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय तीन रनमा समेटिएको थियो ।

इङ्ल्याण्डका लागि ह्यारी ब्ररुकले १९ बलमा सर्वाधिक २५ रन बनाएका छन् । त्यस्तै कप्तान जस बट्लरले १५ बलमा २३ रन जोडे । जोफ्रा अर्चरले २१ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादव र अक्षरले पटेलले समान तीन–तीन विकेट लिए भने जसप्रित बुमराहले एक विकेट झारे ।

भारतको इनिङ्समा कप्तान रोहितले शर्माले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३९ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ५७ रन बनाएका हुन् । त्यसैगरी सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३ र रवीन्द्र जडेजाले १७ रन जोडे । इङ्ल्याण्डका लागि क्रिस जोर्डनले सर्वाधिक तीन विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ लानका लागि नीति बनाउने हो, सरुवा बढुवामा लाग्ने होइनः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्ति, सरुवा

ओलीले फेरि संसद विघटन गर्न सक्छन्ः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले

प्रचण्ड अस्थिर नभएको भए न जनयुद्ध हुन्थ्यो, न शान्ति, त्यसैले सच्याउनु होलाः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास

संसदीय छानबिन विशेष समितिले माग्यो समस्याग्रस्त २० वटा सहकारीको कागजात

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले २० वटा