टी-२० विश्वकपमा बंगलादेशमाथि अफगानिस्तानको जित



काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले सेमिफाइनलको स्थान पक्का गरेको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो ।

मंगलबार भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। सन् २०१० को दोस्रो संस्करणको टी–२० विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको अफगानिस्तान नवौं संस्करणमा आएर सेमिफाइनल प्रवेश गर्न सफल भएको हो ।

बंगलादेशका लागि ओपनर लिन्टनकुमार दासले बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय पारि खेले। यस्तै, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाउनु बाहेक अन्यले राम्रो गर्न सकेनन् । अफगानिस्तानका लागि कप्तान राशिद खान र नभिन उल हकले समान चार –चार तथा फैजलहक फारुकी तथा गुलबदीन नईबले एक– एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमानुल्लाह गुर्वाजले ५५ बलको सामना गरेर सर्वाधिक ४३ बनाए । यस्तै, इब्राहिम जाद्रानले २९ बलमा १८ रन, कप्तान राशिद खानले १० बलमा १९ तथा अजमतुल्लाह उमरजाइले १० रन बनाए ।

बंगलादेशका लागि रिषद होसेनले तीन, तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान एक –एक विकेट लिए। यो सँगै अफगानिस्तान सेमिफाइनल प्रवेश गर्ने चौथो टोली बनेको छ भने सेमिफाइनल समीकरण समेत पूरा भएको छ । अफगानिस्तानको सेमिफाइनल प्रवेशसँगै अस्ट्रेलिया भने सुपर आठ बाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा

एएफसी यू–२० एसियन कप छनोटमा नेपाल बहराइनसँग पराजित

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४–०