गण्डकी प्रदेशस्तरीय क्रिकेटमा कास्की र तनहुँ विजयी



 

कास्की । कास्कीको पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की  र तनुहँ विजयी भएका छन् । दुवै जिल्ला लगातार दोस्रो खेलमा विजयी भएका भएका हुन् ।

शनिबार भएको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दीलाई सात विकेटले पराजित गर्यो । म्याग्दीले टस जितेर ब्याटिङ गर्दै  १८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ७५ रन बनायो ।

‘म्यान अफ दि म्याच’ घोषित कास्कीका कृष्ण पौडेलले चार विकेट लिए । यस्तै सिब्रिन श्रेष्ठ र विश्वास पराजुलीले दुई दुई तथा विपिन खत्री र आदित्य थापाले एक एक  विकेट लिए ।

ब्याटिङतर्फ म्याग्दीका लागि केशव साउदले २७ बलमा १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

कास्कीका लागि अर्जुन कुमालले अविजित रहँदै ३१ बलमा पाँच चौका प्रहार गरी ३६ रन बनाए । सिव्रीन श्रेष्ठले १० बलमा १६ तथा रोहित चन्दले ११ बलमा २१ रन बनाए ।

दोस्रो खेलमा टस जितेर तनहुँले बाग्लुङलाई ब्याटिङको निम्तो दियो । बागलुङले निर्धारित २० ओभरको खेलमा नौ विकेटको क्षतिमा एक सय २३ रन बनायो । बागलुङका कप्तान आकाश तामाङले ३० बलको सामना गर्दै पाँच चौका र एक छक्काको मद्दतमा ३५ रन बनाए । यस्तै चन्द्रदिप यादवले २५ रन बनाए ।

बलिङतर्फ तनहुँका लागि क्रिश ऐरले तीन ओभरमा १२ रन खर्चिएर दुई विकेट लिए । यस्तै चन्द्रकान्त पौडेलले दुई विकेट लिए ।

जितका लागि एक सय २४ रन पछ्याएको तनहुँले १९ दशमलव चार ओभरमा आठ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । जितसँगै कास्की र तनहुँले समान चार चार अङ्क बटुलेका छन् ।

आइतबार कास्की र तनहुँबीच तथा बागलुङ र म्याग्दीबीच खेल हुने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।  प्रतियोगिताबाट कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि टोली छनोट गरिने उनले बताए ।

प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा गत जेठ ३२ गतेदेखी सुरु भएको प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले  ५० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा आठ जिल्ला सहभागी छन् । कास्की, बाग्लुङ, म्याग्दी र तनहुँ समुह ‘ए’ मा तथा स्याङ्जा, नवलपुर, गोरखा र पर्वत समुह ‘बि’ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप ताप्लेजुङ । ताप्लेजुङ जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ

यु–१८ युथ लिग फुटबलमा चर्च ब्याइज विजयी

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड

नेपाललाई ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रदान गर्ने आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ

‘पेरिस ओलम्पिक’ मा भाग लिने खेलाडी र पदाधिकारीको सम्मानमा फ्रान्सेली दूतावासमा स्वागत समारोह

काठमाडौँ । यही साउन ११ गते शुक्रबारदेखि पेरिसमा हुने ‘पेरिस ओलम्पिक’ प्रतियोगितामा भाग