प्रधानमन्त्री कप भलिबलमा पुलिसद्वारा त्रिभुवन आर्मी पराजित


काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको आज भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा पुलिसले आर्मीलाई ३१ सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट २५–२७ ले गुमाएको पुलिसले त्यसपछिका तीन सेट आफ्नो पक्षमा पा–यो । पुलिसले आर्मीमाथि २६–२४, २५–२१, २५–१८ ले जितेको हो ।

यसअघि पुलिसले सुदूरपश्चिम, बूढानीलकण्ठ र कोशी प्रदेशलाई समान ३–० ले पराजित गरेको थियो । त्यस्तै आर्मीको भने यो पहिलो हार हो । यसअघि आर्मीले बूढानीलकण्ठ, कोशी, एपिएफ र सुदूरपश्चिमलाई समान ३–० को सेटमा हराएको थियो ।

पुरुषतर्फ आजै सम्पन्न खेलमा सुदूरपश्चिमले कोशीलाई ३–१ सेटमा पराजित गरेको छ । आजै भएको महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० तथा आर्मीले न्यु डायमन्डलाई ३–२ को सेटमा हराएको थियो ।