हैदरावादलाई हराउँदै कोलकातालाई आइपिएलको उपाधि



काठमाडौँ । सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा कोलकाता ८ विकेटले विजयी भएको हो । कोलकाताको तेस्रो आइपिएल उपाधि हो । पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो। त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो ।

तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । कोलकाता वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । रहमानउल्लाह गुरबाज ३९ र सुनील नारायण ६ रनमा आउट हुँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे।

हैदरावादका प्याट कमिन्स र शाहबाज अहमदले १÷१ विकेट लिए ।त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको हैदरावादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो । हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए। १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशस्तरीय क्रिकेटमा कास्की र तनहुँ विजयी

  कास्की । कास्कीको पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट

ठमेलमा बास्केटबल प्रतियोगिता सुरु

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीलाई हौसला प्रदान गर्न ठमेलमा बास्केटबल

विश्वकप क्रिकेटमा न्यूजिल्याण्डको पहिलो जित

काठमाडौँ । आइसिसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित

दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

काठमाडौँ ।   आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक