अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन वृत्तिको व्यवस्था गरिने



 

काठमाडौँ ।  सरकारले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने दुई सय ५५ खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिको व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभामा आइतबार पेस गरेको आर्थिक सर्वेक्षणमा खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्था गरिएको बताए । उनले खेलाडीको क्षमता अभिवृद्धिका लागि मनाङको तिमाङमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएको बताए ।

त्यस्तै, प्रत्येक प्रदेशमा एक रङ्गशाला निर्माण गर्ने कार्यक्रमअनुरुप धनगढी, सुर्खेत, नेपालगञ्ज र इटहरीमा खेलमैदान निर्माण कार्य सम्पन्न भइसकेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।   अर्थमन्त्री पुनले एक स्थानीय तह एक खेलग्राम निर्माणका लागि एक सय ७१ पालिकामा खेल निर्माण कार्य भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरोकपमा फ्रान्सको विजयी सुरुवात

काठमाडौँ । अष्ट्रियाको आत्मघाती गोलले युरो कप–२०२४ मा फ्रान्सले विजयी सुरुवात गरेको छ

टी–२० विश्वकपमा न्युजिल्यान्डसँग पपुवा न्युगिनी ७ विकेटले पराजित

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा न्युजिल्याण्ड विजयी भएको

गण्डकी प्रदेशस्तरीय क्रिकेटमा नवलपुर र स्याङ्जा विजयी

कास्की । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको

श्रीलङ्कासँग नेदरल्यान्ड्स पराजित

काठमाडौं । आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको समूह ‘डी’ को अन्तिम