म्यानचेस्टर युनाइटेडलाई एफए कपको उपाधि



काठमाडौं । म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो ।

युनाइटेडको यो १३औँ एफए कप उपाधि हो । अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि आर्सनलले १४ पटक जितेको छ ।
प्रिमियर लिग च्याम्पियन सिटीले गत वर्ष फाइनलमा युनाइटेडलाई २–१ गोल अन्तरले नै पराजित गर्दै उपाधि जितेको थियो ।

अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले गोल गर्दै एरिक टेन हागको टोलीलाई पहिलो हाफमै २–० गोल अन्तरको अग्रता दिलाएका थिए । खेलको ३०औँ मिनेटमा सिटीका डिफेन्डर जोस्को ग्वार्डिओल र गोलरक्षक स्टेफन ओर्टेगाको गल्तीका कारण गार्नाचोले गोल गर्दै युनाइटेडलाई शुरूआती अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मार्को रास्फोर्डले गरेको गोलले मान्यता पाएन ।

३९औँ मिनेटमा माइनूले दोस्रो गोल थपे । उनले ब्रुनो फर्नान्डिसको पासमा गोल गरे । ८७औँ मिनेटमा फिल फोडेनको पासमा जेरेमी डोकुले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा ल्याए । यो सिजन प्रिमियर लिग जितेको सिटीले एफए कप भने जित्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरोकपमा फ्रान्सको विजयी सुरुवात

काठमाडौँ । अष्ट्रियाको आत्मघाती गोलले युरो कप–२०२४ मा फ्रान्सले विजयी सुरुवात गरेको छ

टी–२० विश्वकपमा न्युजिल्यान्डसँग पपुवा न्युगिनी ७ विकेटले पराजित

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा न्युजिल्याण्ड विजयी भएको

गण्डकी प्रदेशस्तरीय क्रिकेटमा नवलपुर र स्याङ्जा विजयी

कास्की । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको

श्रीलङ्कासँग नेदरल्यान्ड्स पराजित

काठमाडौं । आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको समूह ‘डी’ को अन्तिम