चेतन घिमिरे राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे र गोलकिपिङ प्रशिक्षकमा मनिष तिम्सिना नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले शुकबार राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा घिमिरे र गोलकिपिङ प्रशिक्षकमा तिम्सिनालाई नियुक्त गरेको हो ।

यसअघि टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र विनोद डंगोल गोलकिपिङ प्रशिक्षक थिए । कटुवाल र डंगोलको सम्झौता सकिएकाले उनीहरुको स्थानमा घिमिरे र तिम्सिनालाई नियुक्त गरेको एन्फाले जनाएको छ । नेपाली टोली अहिले फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोटको तयारीमा व्यस्त छ ।

छनोटको लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्राम्भिक टोलीको घोषणा गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफलाई पराजित गर्दै पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

गण्डकी । नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

    कास्की । पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष

अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य