इटालियन क्लबलाई युरोपा लिगको उपाधि



काठमाडौं । युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । बुधबार राति भएको फाइनलमा जर्मन क्लब बायर लेभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो ।

एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक गर्न सफल भए । खेलको १२औं मिनेटमा लोकमनले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । उनले डेभिड जापाकोस्टाको सहयोगमा गोल गर्दै सुरुआती अग्रता दिलाए । २६औं मिनेटमा लोकमनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि एटलान्टा पहिलो हाफमा २–० को सहज अवस्थामा पुगेको थियो ।

यस्तै, खेलको ७६औं मिनेटमा लोकमनले ह्याट्रिक पूरा गरेपछि एटलान्टा च्याम्प्यिन बन्नका लागि औपचारिकता मात्रै बाँकी रहेको थियो । त्यसपछि निर्धारित समयमा दुवैबाट कुनै पनि गोल नभएपछि अन्ततः फाइनल पुगेको पहिलो पटकमै एटलान्टा च्याम्पियन बन्न सफल भयो । लेभरकुसेन पनि पहिलो पटक नै फाइनल पुगेको टिम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय