बायर्न म्युनिखलाई पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा



काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान सकिएको खेलमा रियलले जर्मन क्लब बायर्न म्युनिखलाई दोस्रो लेगमा २–१ को अन्तरले पछि पार्दै समग्रमा ४–३ अंकका साथ फाइनलमा स्थान बनाएको हो ।

दुई बीचको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगमा बायर्नले एक गोलको अग्रता लिए पनि अन्तिम समयमा लय गुमाउँदा रियललाई २–१ को नतिजा सुम्पिन पुग्यो । एक गोलले पछि परेको रियलका लागि ८१ औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले २ गोल गर्दै रियललाई च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गराए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बायर्नले ६८ औं मिनेटमा बराबरी गरेको थियो । ह्यारी केनको पासमा अल्फान्सो डेविसले बार्यनलाई अग्रता दिलाएका हुन् । समग्रमा बार्यन त्यतिबेला ३–२ अघि बढेको थियो । रियलका लागि नाचोले ७१ औं मिनेटमा गोल गरेपनि त्यसले मान्यता पाएन ।

८८ औं मिनेटमा रियलका लागि जोसेलुले बराबी गोल गरे । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा जोसेलुले गोल गर्दै रियललाई अघि बढाए । एन्टनियो रुडीगरको पासमा उनले गोल गरेका थिए । उनको गोललाई भारले चेक गरेपछि मान्यता दिइएको थियो । सोही गोलका कारण अन्ततः रियल ४–३ को नतिजाका साथ फाइनलमा प्रवेश गर्न सफल भयो । फाइनलमा रियलले जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग खेल्ने छ । फाइनल खेल जुन २ तारिखमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । प्रिमियर

राजन र सुमित्रा वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा पहिलो

काठमाडौँ । अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश