वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा



काठमाडौं । जर्मन क्लब वोरुसिया डर्टमुण्डले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ । बुधवार बिहान सकिएको खेलमा फ्रेन्च क्लक पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई दोस्रो लेगमा पनि १–० गोल अन्तरले पराजित गरेपछि समग्रमा २–० को जितका साथ फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा पनि डर्टमुण्ड १–० कै अन्तरले विजयी भएको थियो ।

पीएसजीको घरेलु मैदानमा डर्टमुण्डलाई जिताउनका लागि म्याट्स हुमेल्सले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हुमेल्सले ५० औं मिनेटमा जुलियन ब्रान्डट्को कर्नर प्रहारलाई हेडर गोलमा परिणत गर्दै अग्रता दिलाए ।

६५ औं मिनेटमा उसमान डेम्बेललाई फाउल गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो । तर, भारले चेक गर्दा गलत भएपछि बराबरी गर्ने अवसर गुमाएको थियो ।

५० औं मिनेटमा लिएको अग्रता अन्तिमसम्म जोगाउँदै डर्टमुन्डले फाइनलमा स्थान बनाउँदा स्टार खेलाडीले भरिएको पीएसजीको यात्रा भने टुंगियो ।

डर्टमुण्डले अब उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेता विरुद्ध खेल्नेछ । यी दुई टोली बीचको दोस्रो लेग आज हुँदै छ । पहिलो लेग भने २–२ गोलको बराबरीमा टुंग्एिको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजन र सुमित्रा वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा पहिलो

काठमाडौँ । अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर