वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य


काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेल जित्न नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २ सय २८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको हो ।

उसका लागि ओपनर जोन्सन चार्ल्सले ११९ रनको शतकीय पारी खेले । त्यस्तै, आन्द्रे फ्लेचरले ५३ रन र फाबियन एलनले १९ रन बनाए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।