यूएई एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा छनोट



काठमाडौं । घरेलु टोली ओमानविरुद्ध ५५ रनको जित निकाल्दै यूएई एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा छनोट भएको छ ।

आइतबार ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा यूएईले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टिमले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १४९ रनमात्र बनाउन सक्यो । ओमानका प्रतीक अथावालेले ४९ रन बनाए पनि टिमको हार टार्न सकेनन् ।

खालिद कैलले ३०, फयाज बटले २३, कप्तान जिसान मक्सुदले १४ रफिउल्लाहले ११ रन थपे । ओमानलाई सस्तैमा रोक्न यूएईका जुनैद सिद्दिकीले तीन विकेट लिए । मोहम्मद फारुक र अयान अफजल खानले समान दुई विकेट लिदा बसिल हमेदले एक विकेट हात पारे ।

त्यसअघि कप्तान मुहम्मद वसिमले शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो । यूएईका वसिमले ५४ बलमा ६ चौका र सात छक्कासहित १०० रन बनाएका थिए ।

आसिफ खानले ३८ र अलिशान सरफुले ३४ रन थपे । ओमानका बिलाल खानले दुई विकेट लिदा सकिल अहमेद र जिसान मक्सुदले एक–एक विकेट हात पारे । पाँच टेस्ट राष्ट्र र एक एसोसिएट गरि कुल ६ टिमले प्रतिस्पर्धा गर्ने एसिया कपको आगामी संस्करण ट्वान्टी–२० संरचनामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित