राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न झलारीमा कभर्डहल निर्माण सुरु



कञ्चनपुर । राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नगरस्तरीय कभर्डहल निर्माण प्रारम्भ भएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट रकम व्यहोर्नेगरी दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ को लागतमा कभर्डहल निर्माण प्रारम्भ भएको हो ।

नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख इन्जिनीयर दीपक धामीका अनुसार ठेक्का सम्झौता भएको ११ महिनामा निर्माणको भौतिक प्रगति ६५ प्रतिशत भएको छ । आर्थिक प्रगति २२ प्रतिशत छ । “कभर्डहलमा डबल ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, एक सय ५० जना बस्नमिल्ने प्यारापिट निर्माण हुनेछ”, उनले भने ।

कभर्डहल सञ्चालनमा आएपछि खेलाडीलाई अभ्यास गर्न सहज हुने पूर्वखेलाडी तथा तत्कालीन झलारी गाउँपालिकाका अध्यक्ष टेकबहादुर हमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित

नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो १७३ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले