आर्सनल अंक तालिकाको शीर्ष स्थानमा



काठमाडौं । उल्भ्सलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
गएराती उल्भ्सको मैदानमा २–० को जित निकाल्दै आर्सनलले एक अंकको अग्रता लिएको हो ।

प्रिमियर लिग तालिकामा ३२ खेल खेलेको म्यान्चेष्टर सिटी दोस्रो स्थानमा छ भने उल्भ्समाथि जित निकाल्दै आर्सनलले ७४ अंक जोडेको हो ।

उल्भ्सविरुद्ध महत्वपूर्ण तीन अंक दिलाउनका लागि लिनार्दो ट्रोसार्ड र मार्टिओडेगार्डले एक एक गोल गरे । खेलको ४५औं मिनेटमा गोल गर्दै ट्रोसार्डले पहिलो हाफअघि आर्सनललाई १–० को अग्रता दिलाएका थिए । ९० मिनेटपछिको इन्ज्युरी समयमा ओडेगार्डले गोल गर्दै आर्सनलको जित सुनिश्चित गराए ।

गएराती नै भएको अन्य खेलमा लुटन टाउनलाई ५–१ ले हराउँदै ब्रेन्टफोर्ड १४औं स्थानमा उक्लिएको छ । यस्तै १९औं स्थानको बर्नलेले २०औं स्थानको शेफिल्ड युनाइटेडलाई ४–१ ले हरायो ।

प्रिमियर लिग अन्तर्गत आज एभर्टन र नटिङ्घम फरेस्ट, क्रिष्टल प्यालेस र वेष्टह्याम युनाइटेड, एष्टन भिल्ला र बर्नमाउथ र फुलह्याम र लिभरपुलबीच प्रतिष्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित

नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो १७३ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज