यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य



काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ । अल अमेरत क्रिकेट ग्राउन्ड ओमानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको हो ।

नेपालका सन्दीपले सर्वाधिक ५० रन बनाए। ४० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। गुल्शनकुमार झा २० र करण केसी १७ रन बनाएर आउट भए। अन्यको भने प्रदर्शन राम्रो हुन सकेन। नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए।

अर्का ओपनर आशिफ खेख ८, कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५, सोमपाल कामी २, रन बनाएर पेभिलियन फर्किए। अभिनाश बोहरा १ र ललितनारायण राजवंशी २ रनमा अविजित रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी