राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान



 

काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको अन्तिम दिन बिहीबार तीन नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपलजम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भङ्ग गरी स्वर्ण जिते । आशिषले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान तोडेका हुन् ।

बागमती प्रदेशका विशाल गुरुङ दोस्रो तथा लुम्बिनी प्रदेशका विजय थारू तेस्रो भए । सो स्पर्धाको छात्रामा लुम्बिनीकी अनिशा थारू पहिलो भइन् । अनिशाले १०.५७ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी रेनुका ऐर दोस्रो तथा बागमतीकी अपेक्षा महतो तेस्रो भए ।

त्यस्तै, छात्रा तीन हजार मिटर दौडमा सुदूरपश्चिमकी देवकीकुमारी धामीले जुनियर राष्ट्रिय कीर्तिमानसहित पहिलो  भइन् । देवकीले निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेन्डमा दौड पूरा गर्दै २०७५ सालमा राममाया बुढाले स्थापित गरेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडिन् ।

लुम्बिनीकी गुञ्जा यादव दोस्रो तथा कर्णाली प्रदेशकी कल्पना बुढा तेस्रो बने । उक्त स्पर्धाको छात्रमा कर्णाली प्रदेशका अजय विकले स्वर्ण जिते । उनले दूरी पूरा गर्न ९ मिनेट २४.२ सेकेन्ड समय लगाए । बागमतीका विश्वराम कुँवरले रजत तथा कर्णालीका अक्कल बडुवालले कास्य हात पारे ।

छात्रा ४ गुणा ४ सय मिटर रिलेमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राना सम्मिलित कर्णाली टोलीले कीर्तिमानी स्वर्ण जिते । उक्त टोलीले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पार गरे । यसअघि उक्त कीर्तिमान लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालका नाममा ४ मिनेट २३.८ सेकेन्डको कीर्तिमान थियो ।

लुम्बिनी दोस्रो तथा सुदूरपश्चिम तेस्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रमा सुदूरपश्चिम पहिलो, मधेस प्रदेश दोस्रो र बागमती प्रदेश तेस्रो बने ।

यसैगरी, आजै भएको सटपुटको छात्रमा कर्णालीका बालकुमार नकाल पहिलो भए । उनले १२.९५ मिटर टाढा फाले । सुदूरपश्चिमका गणेश विक दोस्रो तथा लुम्बिनीका सुराज थापा तेस्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी कृष्णा बम १०.५७ मिटर टाढा फाल्दै शीर्ष स्थानमा रहिन् । सुदूरपश्चिमकै पूजा साउदले दोस्रो तथा बागमतीकी एलिना विक तेस्रो बने ।

छात्रको दुई सय मिटर दौडमा मधेसका आदेशकुमार यादव पहिलो भए । उनले २२.८ सेकेन्ड समय खर्चे । सुदूरपश्चिमका चन्द्र बोहरा दोस्रो तथा बागमतीका सन्तबहादुर दराई तेस्रो भए । उक्त स्पर्धाको छात्रामा कोशी प्रदेशकी आरती चौधरीले निर्धारित दूरी २८.२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी रितु जोशीले रजत तथा गण्डकीकी एन्जल अधिकारीले कास्य हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि

नेपाल वेस्टइन्डिज ‘ए’ सँग पराजित

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेल जित्न नेपाललाई वेस्ट

वेस्ट इन्डिज ‘ए’ पहिला ब्याटिङमा, नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले टी–२० शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ