आर्मीलाई कालिका कप राष्ट्रिय भलिबलको उपाधि



 

गलकोट (बागलुङ) ।  चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीले जितेको छ ।

उपाधिका लागि बिहीबार भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोझो सेटमा घुम्टे रेष्टुरेन्टलाई पराजित गर्दै उपाधि जितेको हो । योसँगै आर्मी क्लबले तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । आर्मीसँग हारेको घुम्टे रेष्टुरेन्टले उपाधिको दोस्रो पुरस्कारमा चित्त बुझाएको छ ।

फाइनल खेलको पहिलो सेटमा त्रिभुवन आर्मीले घुम्टे रेष्टुरेन्टलाई २५–१८, २५–१२ र २५–२२ अङ्कले पराजित गरेको थियो । बुधबार भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मीले कस्तुरी युवा क्लब र बागलुङ घुम्टे रेष्टुरेन्टले कालिका युवा क्लबलाई सोझो सेटमा पराजित गरेका थिए ।

उपाधिको तेस्रो पुरस्कार भने कालिका युवा क्लबलाई सोझो सेटमा हराउँदै कस्तुरी युवा क्लबले हात पारेको छ । प्रतियोगिताको विजेताले  तीन लाख, उपविजेताले  एक लाख ५० हजार र तृतीयले  एक लाख पुरस्कार प्राप्त गरेका भलिबल खेल संयोजक अर्जुन खड्काले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल वेस्टइन्डिज ‘ए’ सँग पराजित

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० शृंखलाको तेस्रो खेल जित्न नेपाललाई वेस्ट

वेस्ट इन्डिज ‘ए’ पहिला ब्याटिङमा, नेपाली टोलीको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले टी–२० शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ

नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध आज तेस्रो खेल खेल्दै

काठमाडौं ।  वेस्टइन्डिज ‘ए’सँगको पाँच टी-२० सिरिजअन्तर्गतको तेस्रो खेल आज हुँदै छ ।