राष्ट्रपति रनिङ सिल्डमा उसुमा चार स्वर्णको टुङ्गो



काठमाडौँ । राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा आज चार स्वर्ण पदकको टुङ्गो लागेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित उक्त प्रतियोगितामा पुरुष थाइची छ्वान विधामा बागमतीका राजकुमार तामाङले स्वर्ण पदक जिते । आयोजक राखेपको सेमी कभर्डहलमा भएको यसै विधामा सुदूरपश्चिमका शिरिष श्रेष्ठले रजत र कर्णालीका तिलकबहादुर बुढामगरले कास्य पदक प्राप्त गरेका छन् ।

त्यसैगरी महिला थायची छ्वानमा बागमतीकै लक्ष्मी तामाङले स्वर्ण पदक जितिन् । सुदूरपश्चिमकी दीपिका साउदले रजत पदक जित्दा कोशीकी अञ्जना सरदारले कास्य पदकमा चित्त बुझाइन् ।

पुरुषकै नान छ्वानमा कोशीका एसिलस मारिकले स्वर्ण, बागमतीका जेनिश नेपालीले रजत र सुदूरपश्मिचका योगेश चौधरीले कास्य पदक जितेका छन् । यसै विधाको महिलामा बागमतीका ममता सुनुवारले स्वर्ण पदक जितिन् । कर्णालीकी सन्ध्या राना क्षेत्रीले रजत पदक र सुदूरपश्चिमकी ज्ञानु विकले कास्य पदक प्राप्त गरिन् ।

सोही प्रतियोगिताअन्तर्गत सातदोबाटोस्थित तेक्वान्दो हलमा आजै भएको तेक्वान्दो खेलको पहिलो दिन सात स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमती प्रदेशले सर्वाधिक ३ स्वर्ण पदक जितेको छ । कोशीले २ तथा मधेश र कर्णालीले समान १–१ स्वर्ण जिते ।

छात्रा एकल पुम्सेमा सरगम थापा, छात्रा ४२ किलो तौल समूहको प्रतिस्पर्धामा सुप्रिया बजगाईं र छात्र ५१ किलो तौल समूहमा करण धोलीले बागमतीलाई स्वर्ण दिलाए । त्यस्तै छात्र ५९ किलो तौल समूहमा सन्जल श्रेष्ठ तथा छात्रा ५३ किलो तौल समूहमा प्रज्ञा परियारले कोशीका लागि स्वर्ण जिते । छात्र एकल पुम्सेमा मधेसका निश्चल धामी थारु तथा छात्र ४९ तौल समूहमा कर्णालीका निसान प्याकुरेलले स्वर्ण जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगामा बार्सिलोनाको जित

काठमाडौं । रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–२ गोल

पोखरा स्पोर्ट्स अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि