आइपीएलमा चेन्नईको जित



काठमाडौं । कोलकाता नाइट राइडर्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा लगातार तीन खेलमा जित निकालेको कोलकातालाई सोमबार राति चेन्नाई सुपर किंग्सले अपराजित यात्रामा पूर्णविराम लगाएको हो । चेन्नाइको भने जारी प्रतियोगितामा ५ खेल मध्य तेस्रो जित हो ।

जितसँगै चेन्नाई ६ अंक बनाएर तालिकाको चौथो स्थनमा उक्लिदा कोलकाता भने समान ६ अंकका साथ रनरेट राम्रो रहँदा दोस्रो स्थानमा रहेको छ ।

चेन्नाइमा भएको खेलमा कोलकाताले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो । जवाफमा १७.१ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदै चेन्नाइले ७ विकेटको सहज जित दर्ता गर्न सफल भयो । टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले पहिलो बलमा फिल साल्टलाई गुमाएको थियो ।

त्यसपछि सुनिल नारेन र अंगकृष रघुवंशीले दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । रंघुवंशी व्यक्तिगत २४ रन बनाएर पभेलियन फर्किए । उनले एक छक्का र तीन चौका प्रहार गरेका थिए ।

कप्तान श्रीयस अय्यर र सुनिल नारेनले पारि अघि बढाउन खोज्दा नारेन २७ रन बनाएर तेस्रो विकेटको रुपमा पभेलियन फर्किए । उनले २७ रन बनाउँदा दुई छक्का र तीन चौका प्रहार गरे । टिमको स्कोर ८.२ ओभरमा ८४ रन पुगेका बेला बेंकटेस अय्यर ३ रन बनाएर आउट भएका थिए । रमनदीप सिंहले १३ रन जोड्दा रिंकु सिंहले ९ रनको पारि खेले । रिंकु आउट हुँदा कोलकाताले १६.४ ओभरमा ११२ रन बनाएको थियो । आन्द्रे रसेलको पारि पनि खास रहेन ।

उनी १० रन बनाएर आउट भएका थिए । मिचेल स्टार्कले खाता खेल्न सकेनन् भने त्यसअघि ३४ रनको सर्वाधिक ठूलो पारि खेलेका कप्तान श्रीयस अय्यर आउट भए । उनले ३२ बलमा तीन चौका प्रहार गरेका थिए । अनुकुल रोय तीन तथा विभव अरोरा एक रनमा नटआउट रहँदा कोलकताले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो ।

चेन्नाईका तुसार देशपाण्डे र रविन्द्र जडेजाले तीन–तीन विकेट लँदा मुस्फिजुर रहमानले दुई विकेट लिए । १३८ रनको सामान्य लक्ष्यसहित मैदान उत्रिएको चेन्नाईले सहजरुपमा जित निकाल्न सफल भयो । मध्यम सुरुआत गरेको चेन्नाइका लागि रचिन रविन्द्रले आठ बलमा १५ रनको पारि खेल्दा तीन चौका प्रहार गरे ।

त्यसपछि कप्तान ऋतुराज गायकवाड र डिरेल मिचेलले मोर्चा सम्हालेका थिए । मिचेल १९ बलमा २५ रन बनाउँदा एक छक्का र एक चौका प्रहार गरेर क्रिजबाट विदा भए । त्यसपछि गायकवाड र शिवम दुवे मिलेर टिमलाई जित नजिक लगेका थिए । दुवेले १८ बलमा २८ रनको पारि खेल्दै आउट हुँदा तीन छक्का र एक चौका प्रहार गरे ।

एक छेउँमा डटेका कप्तान गायकवाडले ५८ बलमा ६७ रनको नटआउट पारि खेल्दा नौं चौका प्रहार गरे । उनलाई महेन्द्रसिंह धोनीले १ रनको नटआउट पारि खेलेर साथ दिँदा १७.४ ओभरमा ३ विकेट गुमाएर चेन्नाई विजयी भयो । कोलकाताका लागि विभव अरोराले दुई तथा सुनिल नारेनले एक विकेट लिए ।

आइपीएल अन्तर्गत नेपाली समय अनुसार आज राति पौने ८ बजे पञ्जाव किंग्स र सनराइजर्स हैदरावाद आमने सामने हुने छन् । दुवै टिम तेस्रो जितको खोजिमा मैदान उत्रने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगामा बार्सिलोनाको जित

काठमाडौं । रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–२ गोल

पोखरा स्पोर्ट्स अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि