अमेरिकामा कराते खेलाडी एरिकालाई सम्मान



काठमाडौँ । एसियाली खेलकुद (एसियाड) का रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छिन् । साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको उक्त कार्यक्रममा एरिकालाई सात हजार ११ अमेरिकी डलर र प्रशंसापत्रसहित सम्मान गरिएको साग स्वर्ण विजेता लामाले जानकारी दिए ।

च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौँको बालाजुमा विगत चार वर्षदेखि सञ्चालनमा छ । टेक्सासमा भएको युएसए ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन अमेरिका पुगेकी एरिकालाई न्युयोर्कमा सम्मान गरिएको हो ।

उनलाई तमु परिवारले दुई हजार ७५६, तमु सोसाइटीले ९५३, सुदुरपश्चिम समाजले ५५०, इन्टरनेसनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले १९०, मामा भान्जा ग्रुपले एक हजार १०, रेड पाण्डाले दुई सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहयोगीबाट रकम संकलन भएको सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिए ।

युएसए ओपनको १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनियरमा भने रजत पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९ औँ एसियाडमा एरिकाले नेपाललाई रजत पदक दिलाएकी थिइन । एसियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराते खेलाडी हुन् ।

सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्षसमेत रहेका आठौँ र नवौँ सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १३ औँ सागका स्वर्ण पदक विजेता अनु अधिकारी र विप्लभलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

हाल अमेरिका बस्दै आएकी अनुले पनि युएसए ओपनमा १६ देखि ३४ वर्षको समूहमा स्वर्ण पदक जितेकी थिइन् । विप्लभले पनि युएसए ओपनमा भाग लिएका थिए । एरिका र विप्लभको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पथरी शनिश्चरेमा फुटवल खेलाडी उत्पादन गरिँदै

मोरङ । मोरङको पथरीशनिश्चरे नगरका दुई वडाले स्थानीय रुपमा फुटबल खेलाडी उत्पादन गर्ने

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत

ललितपुर सिटी नेपाल सुपर लिगको फाइनलमा

काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिगको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित

आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयरकप भोजपुर गोल्डकप हुँदै

भोजपुर । प्रत्येक वर्ष सञ्चालन हुने भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप