विश्वकप क्रिकेटमा नेपाली टोलीले नयाँ जर्सी लगाउने



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी टी-२० विश्वकप क्रिकेटका लागि नयाँ जर्सी सार्वजनिक छ । नेपाली टिमले जुनमा हुन लागेको विश्वकप क्रिकेटमा लगाउने जर्सी सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

जर्सी प्रायोजन केल्मीले गरेको छ भने त्यसमा नेपालको झण्डा र प्रयोजकहरुका लोगोलाई नयाँ तरिकाले प्रस्तुत गरेको जनाइएको छ । नेपालले आइसीसी टी-२० विश्वकप दोस्रो पटक खेल्दै छ । वेस्टइन्डिज र अमेरिकामा हुन लागेको विश्वकपमा नेपाल समूह डीमा रहेको छ ।

यो समूहमा नेपालसहित श्रीलंका, बंगलादेृश, नेदरल्याण्ड्स र दक्षिण अफ्रिका रहेका छन् । विश्वकपको पहिलो खेलमा नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग खेल्ने छ । अहिले प्रयोगमा रहेको जर्सी २०७८ भदौमा डिजाइन गरिएको हो ।

त्यतिबेला प्रतिस्पर्धाबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट गरेर सार्वजनिक गरिएको थियो । जर्सीको अघिल्लो भागमा विश्वकै सर्वोच्च शिखर सगरमाथा, नेपालमा मात्र पाइने दुर्लभ एकसिंगे गैंडा र राष्ट्रिय प्रतीकलाई समावेश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप

  काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा राष्ट्रिय टोली

पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत सोमबार भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका

सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । प्रिमियर

राजन र सुमित्रा वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा पहिलो

काठमाडौँ । अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले