नेपाललाई फ्रेन्डसिप कपको उपाधि



काठमाडौँ । गुजरातलाई पराजित गर्दै नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा नेपाल १८ रनले विजयी भएको हो। नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो ।

गुजरातका कप्तान उमंग रोहितकुमारले सर्वाधिक ४० रन बनाए। २८ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे । आर्य देसाईं ३६, रुद्र मयूर पटेल १७ तथा जयमित पटेल र हर्ष देसाईं १५/१५ रनमा आउट भए।

सर प्रजापति र जय युवराज सिंह १०÷१० रनमा अविजित रहे । नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा कुशल मल्ल र करण केसीको नाममा १/१ विकेट रह्यो । त्यसअघि साई मेघपन स्पोर्ट्स लाइस वापीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रन बनाए। ४७ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर आशिफ शेखले ३४ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए।

दोस्रो विकेटका लागि आशिफ र रोहितले ७७ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल १९ र र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट हुँदा कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा अविजित रहे। गुजरातका शेन पटेल, तेजस पटेल र जाला युवराज सिंहले १÷१ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सलहेश फुटबल क्लबलाई पराजित गर्दै एपीएफ भोजपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश

भोजपुर । आठौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा

विश्व च्याम्पियनसिपकी कांस्य विजेतासँग देवकी पराजित

काठमाडौँ । नेपाली खेलाडी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा बलियो प्रतिद्वन्द्वी मंगोलियाकी नान्दिन

भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी

टक्सार (भोजपुर) । आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको

अन्तर्राष्ट्रिय तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण

काठमाडौँ । नेपाली खेलाडी सोहन पाठक र हृदयणी बस्नतेले २१औँ वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय