नेपालविरुद्धको शृंखलामा आयरल्यान्डको ‘क्लिन स्विप’
काठमाडौं । नेपाल ए तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आयरल्यान्ड ए सँग ६९ रनले पराजित भएको छ । नेपाल ए आइतबार पराजित भएसँगै सिरिज आयरल्यान्डले ३–० ले जितेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गरेको आयरल्यान्ड ए ले ९ विकेटमा २८४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपाल २१५ रन बनाउँदा अलआउट भयो । नेपालका लागि ओपनर अर्जुन कुमालले १०२ रनको शतकीय पारी खेले पनि अन्य ब्याटरको सहयोग पाएनन् ।