लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा महिलातर्फको उपाधि सन्तोषी श्रेष्ठलाई



काठमाडौं । लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनका उपाधि नेपाली सेनाका धावक तीर्थ पुनले जितेका छन् । नेपाल ओलम्पिक कमिटी, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष, लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शनिबार आयोजित ’लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन’मा पुनले उपाधि जितेका हुन् । त्यस्तै महिला तर्फको हाफ म्याराथन उपाधि सन्तोषी श्रेष्ठले जितेकी छिन ।

उनले निर्धारित २१.१ किलोमिटरको दूरी १ घन्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै दोश्रो सस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि चुमेकी हुन् ।

नेपाली सेनाकी पुर्ण राज्य लक्ष्मी न्यौपानेले सो दूरी १ घन्टा १९ मिनेट २१ सेकेण्डमा पूरा गरि दोस्रो स्थान बनाउँदा एपिएफकी पुष्पा भण्डारीले १ घन्टा २५ मिनेट १४ सेकेन्डमा निर्धारित दूरी पार गरी तेश्रो भइन् ।

श्रेष्ठ, न्यौपाने र भण्डारीले क्रमश २ लाख , १ लाख ६० हजार र १ लाख रुपैयाँ पुरस्का प्राप्त गरेको आयोजक नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगामा बार्सिलोनाको जित

काठमाडौं । रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–२ गोल

पोखरा स्पोर्ट्स अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि