खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने गरी व्यावसायिक बनाउनु पर्छ : मन्त्री श्रेष्ठ



भक्तपुर । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने गरी खेललाई व्यावसायिक बनाउनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रले यहाँ शुक्रबार आयोजना गरेको भक्तपुर जिल्लाव्यापी अन्तर वडाकप ब्याडमिन्टन प्रतियोगिताको लोकन्थलीमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले खेलाडीमा खेलेरै पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

मन्त्रालयले खेल क्षेत्रको नीतिगत सुधारका लागि आवश्यक कार्य अगाडि बढाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले राम्रा एवं दक्ष खेलाडी उत्पादन हुने गरी खेल प्रतियोगिता आयोजना हुनुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, प्रतिनिधिसभा सदस्य सन्तोष परियार, क्लब मध्यपुरका सञ्चालक अष्ट कवेँलगायतले खेल क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगामा बार्सिलोनाको जित

काठमाडौं । रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–२ गोल

पोखरा स्पोर्ट्स अवार्डका चार विधामा मनोनयन सार्वजनिक

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको

लुम्बिनीलाई वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि

  काठमाडौं ।  पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि