आइपीएलमा पन्जाबको जित



काठमाडौं । इन्डियर प्रिमियर लिग (आइपीएल) अन्तर्गत बिहीबारको खेलमा पन्जाब किंग्सले गुजरात टाइटन्समाथि ३ विकेटको रोमाञ्चक जित निकालेको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो ।

जवाफमा पञ्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै दुई सय रनको लक्ष्य पूरा गर्यो। पन्जाबका शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेलेका थिए भने आशुतोष शर्माले १७ बलमा ३ चौका र १ छक्कासहित ३१, शिखर धवन १, जोनी बेयरस्टो २२, प्रभसिम्रन सिंह ३५, साम करन ५ र सिकन्दर राजा १५ रनमा आउट भए ।
गुजरातका नुर अहमदले २, आजमतुल्लाह ओमरजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकाण्डेले १–१ विकेट लिएका थिए ।

त्यसअघि गुजरातका कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ८९ रनमा अविजित इनिङ खेले पनि जित्नलाई पर्याप्त हुन सकेन ।

साई सुदर्शन २१ बलमा ६ चौकासहित ३३, राहुल टेवाटिया २३ र ऋद्धिमान शाह ११ रनमा आउट भए । पन्जाबका कागिसो रबाडाले २, हरप्रीत ब्रार र हर्षल पटेलले १–१ विकेट लिए ।

आइपीएलको यो सिजनमा ४÷४ खेल खेलेका गुजरात र पञ्जाबले समान २ जित र २ हार बटुलेका छन् । अंक तालिकामा पञ्जाब पाँचौँ र गुजरात छैटौँ स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरी बन्यो च्याम्पियन

काठमाडौंँ । नेपाल प्रहरीले आठौँं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

ललितपुरले जित्यो एनएसएलको उपाधि

काठमाडौँ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता

खेलकुदको विकासका लागि प्रदेशमा खेलकुद ग्राम निर्माण गर्छौंः मुख्यमन्त्री कार्की

  मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशमा

भक्तपुरमा पहिलोपटक राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने

भक्तपुर। भक्तपुरमा पहिलोपटक दुईदिने राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ। आज