पक्राउ परेका स्पेनका पूर्वफुटबल प्रमुख रुबियालेस रिहा



स्पेनको पूर्व फुटबल प्रमुख लुइस रुबियालेसलाई रोयल स्पेनिस फुटबल महासङघ (आरएफइएफ) मा भ्रष्टाचार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ ।

डोमिनिकी गणतन्त्रबाट म्याड्रिडको बराजास विमानस्थलमा उत्रेका ४६ वर्षीय रुबियालेसलाई विमानस्थलबाटै पक्राउ गरी केही समयपछि रिहा गरिएको गार्डिया सिभिल प्रहरीका प्रवक्ताले बताएका छन् ।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार उहाँलाई प्रहरीले विमानबाट ओर्लिए लगत्तै पक्राउ गरी विमानस्थलभित्र सोधपुछ गरिएको थियो ।

भ्रष्टाचार र अन्य अपराधको अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरूले आरएफइएफको म्याड्रिड मुख्यालय र दक्षिणी शहर ग्रानाडास्थित रूबियालेसको घरसहित ११ स्थानमा छापा मारेको दुई हप्तापछि उनलाई पक्राउ गरिएको हो ।

स्पेनी सञ्चारमाध्यमका अनुसार अनुसन्धानकर्ताहरूले सन् २०१८ देखि हस्ताक्षरित आरएफइएफ सम्झौताबारे अनुसन्धान गरिरहेका छन् । जसमा रुबियालेसले ‘स्पेनिस सुपर कप’लाई साउदी अरबमा लैजानका लागि हस्ताक्षर गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ