टी–२० क्रिकेटमा गुजरातलाई हराउँदै नेपाल फाइनलमा



काठमाडौं । भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

अगामी जुनमा हुने टी–२० विश्वकपको तयारीका लागि भारतमा रहेको नेपालले भारतको स्टेट टिम गुजरातलाई बुधबार आठ रनले पराजित गर्दै नेपालले एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको हो ।

नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ । नेपालले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि कप्तान उमंग रोहितकुमारले ४७ रन जोड्दा हर्ष देसाईले नटआउट २९ रन बनाए । नेपालका लागि सोमपाल कामी, गुल्सन झा र कुशल मल्लले समान दुई/दुई विकेट लिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै एक सय ८१ रन बनाएको थियो
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे । कुशलले ६७ रन र आसिफले ८५ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्व च्याम्पियनसिपकी कांस्य विजेतासँग देवकी पराजित

काठमाडौँ । नेपाली खेलाडी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा बलियो प्रतिद्वन्द्वी मंगोलियाकी नान्दिन

भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी

टक्सार (भोजपुर) । आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको

अन्तर्राष्ट्रिय तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण

काठमाडौँ । नेपाली खेलाडी सोहन पाठक र हृदयणी बस्नतेले २१औँ वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय

फेन्चाइज प्रतियोगिताले फुटबलमा ल्याएको उत्साह

-राजु सिलवाल। नेपालमा लिग फुटबल नै आयोजना हुन नसकिरहेको वर्तमान अवस्थामा निजी क्षेत्रकोतर्फबाट