नेपाल ‘ए’को कसिलो बलिङमा सस्तैमा समेटियो आयरल्याण्ड ‘ए’



काठमाडौँ ।  नेपाल ‘ए’विरुद्धको पहिलो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’ सस्तैमा समेटिएको छ ।  टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ३८ दशमलव तीन ओभरमा अलआउट हुँदा एक सय ५७ रनमात्रै बनाउन सक्यो ।

सुरुवातदेखि दबाब महसुस गरेको आयरल्याण्डले मध्यमक्रममा सम्हालिने प्रयास गरे पनि अन्तिममा लय गुमायो । उसले पछिल्लो पाँच ओभरमा छ विकेट गुमाउँदै जम्मा १४ रन मात्रै बनाउन सक्यो ।

आयरल्याण्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेले । उनले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए । कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाए ।

त्यसबाहेक पिटर मुरले २१ रन बनाउँदा ओपनरद्वर जेम्स मकलम र स्टेफल डोहनीले समान १२÷१२ रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेख रन बनाउन सकेनन् ।

नेपाल ‘ए’का लागि कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए भने साहब आलम र मौसम ढकालले दुई÷दुई विकेट लिए । साथै रिजन ढकालले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ