फ्रान्सद्वारा पेरिस ओलम्पिकको सुरक्षा चुनौतीका लागि विदेशी प्रहरी र सेनाको सहयोग माग



पेरिस ओलम्पिकका लागि सम्भावित आक्रमणविरुद्ध उच्च सतर्कतामा रहेको आयोजक फ्रान्सले शताब्दीमा राजधानी पेरिसमा हुने पहिलो खेलहरूका लागि सुरक्षा योजनालाई अन्तिम रूप दिँदैछ ।

यसै सिलसिलामा फ्रान्सले गृष्मकालीन पेरिस ओलम्पिकको सुरक्षाका लागि दुई हजारभन्दा बढी प्रहरी अधिकारीलाई पठाउन सक्ने हो कि होइन भनी ४६ मुलुकलाई सोधेको बताएको छ । प्रतियोगिता जुलाई २६ देखि अगस्ट १५ सम्म हुँदैछ । गृह मन्त्रालयले विदेशी सुरक्षा सहायताका लागि जनवरीमा अनुरोध गरिएको बताएको छ ।

यसमा करिब दुई हजार एक सय ८५ सुदृढीकरणको माग गरिएको थियो । मन्त्रालयका अनुसार अधिकारीहरूसँग खेलहरूको सुरक्षा, ‘दर्शकहरूको अनुभव’ र ‘अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउन’ सहयोग मागिएको हो ।

सेनाका जनरल स्टाफका प्रवक्ता कर्णेल पियरे गौडिलियेरले फ्रान्सेली रक्षा मन्त्रालयले खोजी कुकुरहरूको टिमसहित खेलहरूमा ‘अत्यन्त विशिष्ट’ कार्यमा सहयोग पुग्न सकोस् भनेर विदेशी मुलुकहरूबाट सैन्यकर्मीहरूको माग गरेको बताए । पोल्यान्डका रक्षामन्त्रीले आफ्नो मुलुकले पेरिस खेलकुदमा सैनिक पठाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्व च्याम्पियनसिपकी कांस्य विजेतासँग देवकी पराजित

काठमाडौँ । नेपाली खेलाडी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा बलियो प्रतिद्वन्द्वी मंगोलियाकी नान्दिन

भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी

टक्सार (भोजपुर) । आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको

अन्तर्राष्ट्रिय तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण

काठमाडौँ । नेपाली खेलाडी सोहन पाठक र हृदयणी बस्नतेले २१औँ वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय

फेन्चाइज प्रतियोगिताले फुटबलमा ल्याएको उत्साह

-राजु सिलवाल। नेपालमा लिग फुटबल नै आयोजना हुन नसकिरहेको वर्तमान अवस्थामा निजी क्षेत्रकोतर्फबाट