न्युक्यासललाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश



काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सिटीको जितमा बर्नान्डो सिल्भाले दुवै गोल गरे । सिल्भाले १३ औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । उनैले रुबेन डियासको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल ३१ औं मिनेटमा थपे । त्यसपछि दुवै टिमबाट गोल नभएपछि सिटी घरेलु मैदानमा २–० को सहज जितका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

यसैगरी एफए कपकै अर्को क्वाटरफाइनलमा कोभेन्ट्री सिटीले ३–२ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । कोभेन्ट्रीले वुल्भ्सलाई पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका थिए । कोभेन्ट्रीका लागि इलियस सिमसले २ गोल गर्दा हाजी राइटले एक गोल थपेका थिए ।

वुल्भ्सका लागि रियान नुरी र ह्युगो बुएनोले एक /एक गोल गरे । खेलको ५३ औं मिनेटमा इलियसले गोल गर्दै कोभेन्ट्री सिटीलाई अग्रता दिलाएका थिए । तर, ८३ औं मिनेटमा रियान र ८८ औं मिनेटमा ह्युगोले गोल गरेपछि वुल्भ्सले २–१ को अग्रता लिएको थियो ।

दोस्रो हाफको इन्ज्योरी समयको सातौं मिनेटमा इलियसले हेडरमार्फत व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । त्यसको तीन मिनेटपछि हाजीले राइटफुटेड सर्ट प्रहार गर्दै गोल गरेपछि कोभेन्ट्री ३–२ को जितका साथ एफएकपको सेमिफाइनलमा पुग्न सफल भयो ।

एफए कप अन्तर्गत आज चेल्सी र लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड र लिभरपुल सेमिफाइनल प्रवेशका लागि आमने सामने हुँदै छन् । चेल्सी र लेस्टरको खेल साढे ६ बजे हुने छ भने म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल सवा ९ बजे सुरुहुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाका रावल र एपीएफकी भण्डारीलाई कर्णाली हाफ म्याराथनको उपाधि

कर्णाली । प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्र रावल र

इन्टर मिलानको फ्रोसिनोनमाथि शानदार जित

काठमाडौं । इटालियन सिरी ए को उपाधि जितिसकेको इन्टर मिलानले फ्रोसिनोनमाथि शानदार जित

रारा कप कबड्डीको उपाधि सुर्खेतलाई

  सुर्खेत ।  कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न कर्णाली

पोखरा स्पोर्ट्स अवार्डमा अर्जुन र सुस्मिता सर्वोत्कृष्ट

गण्डकी । आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पुरुष तर्फ