आर्मी र कर्णाली कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा



मोरङ । मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रवेश गरेको छ ।

विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई पाँच विकेटले पन्छाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको हो । आर्मीले यस सिजनमा पिएम कप र केपी ओली कप गरी दुईपटक फाइनल खेलिसकेको छ । आर्मी पिएम कपमा पुलिससँग र केपी ओली कपमा मधेस प्रदेशसँग फाइनलमा पराजित भएको हो ।

टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाई एक सय ६३ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका नारायण जोशीले आक्रमक ब्याटिङ गर्दै २२ बलमा छ छक्का र चार चौका प्रहार गर्दै ५९ रन बनाए । उनले १७ बलमा हाफ सेन्चुरी बनाएका थिए । त्यस्तै किरण ठगुन्नाले ४३ रन बनाए । आर्मीका वसिर अहमदले चार ओभरमा २३ रन दिएर चार विकेट लिँदा नितेश पटेल तीन विकेट लिए ।

जवाफमा एक सय ६४ रनको लक्ष्य पछ्याएको आर्मीले वसिर अहमदको अर्धशतकले १९ दशमलव एक बलमा पाँच विकेटको सो विजयी लक्ष्य पार गरेको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमदले २८ बलमा दुई छक्का र पाँच चौका प्रहार गरी अविजित ५० रन बनाउँदा तृतराजथ दासले ३८ रन र सन्तोष कार्कीले ३१ रन बनाए । सुदूरका दीपक बोहोराले दुई विकेट लिँदा हेमन्त धामी र नरेन साउदले एक–एक विकेट लिए ।

दोस्रो खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा १८ दशमलव दुई बलमा सबै बिकेट गुमाई एक सय ५१ रनको स्कोर बनाएको थियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले ३९ बलमा एक छक्का र १० चौका प्रहार गरी ६५ रन बनाउँदा मृनल गुरुङले २२ रन, दिलसाद अलीले १४ रन र कप्तान देव खनालले १२ रनको योगदान दिएका थिए । कर्णालीका प्लेयर अफ म्याच दीपेन्द्र रावतले चार ओभरमा ३१ रन दिएर चार विकेट लिँदा प्रकाश जैसीले तीन, दिवान पुनले दुई विकेट लिए ।

जवाफमा एक सय ५२ रनको लक्ष्य पाएको कर्णालीले १८ दशमलव पाँच बलमा पाँच बिकेटसहित विजयी लक्ष्य भेट्टाएको थियो । कर्णालीका अर्जुन घर्तीले २७ बलमा एक छक्का र पाँच चौका प्रहार गरी अविजित ४३ रनको पारी खेले भने दिनेश अधिकारीले २० बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित ३६ रनको योगदान दिए । एक समयमा ११ दशमलव ५ बलमा ७८ रनमा पाँचौ विकेट गएको थियो । घर्ती र अधिकारीले छैटौँ बिकेटका लागि ४२ बलमा अविजित ७४ रनको सानदार साझेदारी गरे ।

त्यस्तै रवीन्द्र शाहीले २४ रन र विपिन राउतले १९ रनको योगदान दिए । लुम्बिनीका वीर मगर, निर्मल गुरुङ, देव खनाल, नर सार्की र कृष्ण कार्कीले समान एक–एक विकेट लिए । फाइनल खेल शनिबार दिउँसो १२ बजे हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालका हिमाल र मञ्जुलाई ‘ओपन दुआथलन’ च्याम्पियनसीपको उपाधि

कास्की । पोखरामा आइतबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसीपअन्तर्गतको ‘ओपन

वेस्ट इन्डिजसँग नेपाल पराजित

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको

चर्च ब्वाइज युनाइटेडलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले

विश्वप्रसिद्ध किक बक्सर घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि