नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट सम्पन्न



 

काठमाडौँ ।  नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता आइतबार सम्पन्न भएको छ । साताव्यापी  प्रतियोगिता काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको हो ।

विगत १४ वर्षदेखि उक्त दूतावासले हरेक वर्ष टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ले विजयी समूह क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँलाई पदक तथा प्रमाणपत्र प्रदान गररे । प्रतियोगितामा ली क्रिकेट क्लब दोस्रो भएको थियो ।

त्यस अवसरमा उपाध्यक्ष कोइरालाले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरेर पाकिस्तानी राजदूतावासले खेलका माध्यमबाट दुई देशबीचको सम्बन्ध सुदृढ बनाएकामा कृतज्ञता ज्ञापन गरे । उनले काठमाडौँको खेलकुद कार्यसूचीमा पाकिस्तानी दूतावासले आयोजना गर्ने यो प्रतियोगिता समावेश भएको बताए ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले नेपालका उदीयमान क्रिकेट क्लब र तिनका प्रतिभाशाली खेलाडीलाई प्रतियोगिताले प्रतिभा प्रस्फुरणको अवसर प्रदान गरेको बताउँदै भविष्यमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

समापन समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलम सरवार, नेपालका लागि इजिप्टका राजदूत नोहा हम्दी अहमेद एल्गाब्ली, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन चौधरी, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारी, क्रिकेट सङ्घ नेपालका महाप्रबन्धक उत्सव ढुङ्गाना, हिमालय बैङ्कका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जङ्गबहादुर राणा, वरिष्ठ पत्रकार नागरिक समाजका अगुवा तथा क्रिकेटप्रेमीहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चिनियाँ प्रशिक्षक नेपालमा

काठमाडौँ । नेपाल उसु महासङ्घको आयोजनामा काठमाडौंमा जारी सातौँ राष्ट्रिय उसु निर्णयक परीक्षा

मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई

राजविराज । राजविराजमा बिहीबार सम्पन्न तेस्रो संस्करणको मधेस प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि

क्रिकेटर लोहनीको उपचारका लागि क्यानले पाँच लाख रुपैयाँ दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सिद्धान्त लोहनीको उपचारका लागि पाँच

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण २० प्रतिशत सम्पन्न

चितवन। चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ