नामिबियासँग नेपालको दोस्रो हार



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको हो । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नामिबियाको लागि कप्तान जेर्हार्ड इरासमसले अर्धसतक पूरा गरे ।

उनले ५६ बलमा ८ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाए । यस्तै जेजे स्मितले ३४, माइकल भान लिन्गेनले ३१ र रुबिन ट्रम्पेलमनले १६ रनको योगदान गरे । नेपालको लागि कुशल भुर्तेलले तीन विकेट लिंदा दीपेन्द्र सिंह एरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले समान एक÷एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको नेपाल ३७.१ ओभरमा अलआउट हुँदै १ सय ६८ रनमा समेटिएको थियो । नेपालको लागि आसिफ शेखले ६४ बलमा ८ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाए । आसिफको यो १२ औं एकदिवसीय अर्धसतक हो ।

यस्तै कुशल मल्लले ३६, भिम शार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । नेपालका तीन ब्याट्सम्यान खाता नखोली आउट भएका थिए । नामिबियाको लागि बेर्नार्ड स्चोल्ट्ज र जान निकोल लोफ्टि–इएटोनले समान चार÷चार विकेट लिंदा ज्याक ब्राससेल र जेराड इरासमसले समान एक÷एक विकेट लिए । पहिलो खेलमा पनि नेपाल नामिबियासँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपीएफलाई पराजित गर्दै पुलिसलाई लामाचौर कप भलिबलको उपाधि

गण्डकी । नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

    कास्की । पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष

अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । श्रीलंका डेभलपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य