आर्मी क्लबद्वारा एपिएफ क्लब पराजित



भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई पराजित गरेको छ । आर्मीले एपिएफलाई चार विकेटले हराएको हो ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा मंगलबार टस जितेर  आर्मीले पहिला फिल्डिङ रोजेको थियो । एपिएफ क्लबले आर्मीलाई जितका लागि एक सय एक सय २२ रनको लक्ष्य दिएको थियो । आर्मीले उक्त लक्ष्य २४औँ ओभरको तेस्रो बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित ३४ रन बनाए । उनले ४० बल खेल्ने क्रममा चार चौका र एक छक्का प्रहार गरे । यस्तै कुशल मल्लले १९ र बसिर अहमदले १८ रन बनाए । बलिङतर्फ एपिएफ क्लबका रमेश कुर्मीले दुई तथा मौसम ढकाल र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए ।
यसअघि एपिएफ क्लबका लागि ब्याटिङ गर्ने क्रममा कप्तान रोहितकुमार पौडेलले अद्र्धशतकीय पारी खेले । उनले एक सय तीन बल खेल्ने क्रममा दुई छक्का र दुई चौकाको मद्दतमा ५९ रन बनाए । यस्तै भुवन कार्कीले १६ तथा सुमित महर्जनले १४ रन बनाए ।  बलिङतर्फ आर्मीका सोमपाल कामीले तीन, अविनाश कर्णले दुई तथा विवेक यादव, साहब आलम र बसिर अहमदले एक एक विकेट लिए । खराब मौसमका कारण ५० ओभरको खेल ३६ ओभरमा झारिएको थियो । बुधबार त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबिच खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन्दीपलाई विश्वकपमा सहभागी हुन पठाउने प्रक्रिया सुरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन

सशस्त्र प्रहरीका ४५ प्रशिक्षार्थी अधिकृतद्वारा कुश्मामा बञ्जीजम्प

  काठमाडौँ । सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको द क्लिफमा बञ्जी

बैजनाथ माध्यमिक विद्यालयले महेन्द्रनगरमा क्रिकेट खेल मैदान बनाउदै

कञ्चनपुर । कञ्चनपुरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण सुरु गरिएको छ। महेन्द्रनगरस्थित बैजनाथ

राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप

  काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा राष्ट्रिय टोली