एसी मिलान प्रतियोगिताबाटै बाहिरियो



काठमाडौं । कोपा इटालियामा एसी मिलान पराजित भएको छ । गएराति भएको क्वाटर फाइनल खेलमा एटलान्टसँग २–१ गोलको हार व्यहोरेपछि एसी मिलान प्रतियोगिताबाटै बाहिरिएको छ ।

पहिलो हाफको ४५ औं मिनेटमा एसी मिलानले अग्रता लिएको थियो । तर उक्त अग्रता जोगाउन असफल हुँदा प्रतियोगिताबाट बाहिर भयो ।
४५ औं मिनेटमा राफेल लियोले थियो हर्नान्डेजको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, पहिलो हाफकै अतिरिक्त दोस्रो मिनेटमा टियुन कोपमिनरले इमिल होल्मको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

५७ औं मिनेटमा एसी मिलानका खेलाडीले फल गरेपछि भीआरएको मार्फत चेक गरेर एटलान्टाले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीलाई टियुन कोपमिनरले गोलमा परिणत गर्दै २–१ को पुनरागमन जित दिलाए ।

सेमिफाइनलमा अव एटलान्टाले फ्लोरेन्टिनासँग खेल्ने छ । यस्तै, अर्को क्वाटरफाइनल खेलमा लाजियोले रोमालाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

माटिया जाकाग्नीले ५१ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै लाजियोलाई सेमिफाइनल पुर्याउन पर्याप्त भयो । दोस्रो हाफको अतिरिक्त समयमा लाजियो १० तथा रोमा ९ खेलाडीमा सिमित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ ।

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

  फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला

मेयर कप क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको