पुलिस ३४औँ राष्ट्रिय पुरुष भलिबलको फाइनलमा



कर्णाली। नेपाल पुलिस क्लब सुर्खेतको वीरेन्द्रनगरमा जारी ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै पुलिस उपाधिको नजिक पुगेको हो ।

पुलिसले बिहीबार हुने फाइनलमा साबिक विजेता एपीएफ क्लब को सामना गर्नेछ । विभागीय डर्बीमा पुलिसले आर्मीमाथि २५–२१, २५–२३ र २५–१९ ले हराएको थियो । यो सँगै पुलिसले १० दिनअघि बाग्लुङ गल्कोटमा बुकी कपको फाइनलमा भोगेको हारको बदला लिएको छ । त्यो फाइनलमा आर्मीले पुलिसलाई २७–२५, २२–२५, २१–२५, २७–२५ र १५–६ ले हराएको थियो ।

पहिलो सेटमा १८–१२ को पुलिसको फराकिलो अग्रता बनाउँदै खेलमा पकड बनाइएको थियो । त्यसपछि एक समय २२–१९ को अवस्था आएपनि कम्तीमा ३ अङ्कको अग्रतालाई भने पुलिसले अधिकांश कायम गर्न सफल रह्यो ।

नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह चरण एउटैमा रहेका एपिएफ र पुलिसबिच बिहीबार फाइनल र आर्मी र गण्डकीबीच तेस्रो स्थानको खेल हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ ।

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

  फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला

मेयर कप क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको