मिडल्सब्रगसँग चेल्सी पराजित



काठमाडौं । लिग कप (कारबाओ) को सेमिफाइनलको पहिलो लेगमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी मिडल्सब्रगसँग १–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा मिडल्सब्रगले गरेको १ मात्र गोल नै निर्णायक भयो । उसका लागि हेडन ह्याक्नीले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै मिडल्सब्रगले पहिला लेगमा जित निकाल्न सफल भयो ।

अब दोस्रो लेगको खेल जनवरी २४ मा हुनेछ । उक्त खेलमा कम्तिमा चेल्सीले २–० को जित निकाल्दा मात्रै फाइनल पुग्छ । बराबरी वा हारले भने चेल्सीको फाइनल खेल्ने सपना साकार हुने छैन ।

उता, मिडल्सब्रगले भने बराबरी वा जितले फाइनल पुग्ने छ । दोस्रो खेल २४ तारिखमा हुने छ । सेमिफाइनल अन्तर्गतकै अर्को खेलमा आज फुलह्याम र लिभपुल खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ ।

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

  फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला

मेयर कप क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको