ललितपुर महानगरद्वारा ११ खेदकुद क्लबलाई ३७ लाख सहयोग



पाटन । ललितपुर महानगरपालिकाले यहाँका खेदकुद क्लबलाई आर्थिक सहयोग गरेको छ । महानगरपालिकाले ११ क्लबलाई ३७ लाख सहयोग गरेको छ ।

महानगरले वार्षिक बजेटमा व्यवस्था भएअनुसार महानगरभित्रका ‘ए’ ‘बी’ र ‘सी’ डिभिजनमा रहेका खेलकुद क्लबलाई क्रमशः चार लाख,  तीन लाख र दुई लाखका दरले रकम उपलब्ध गराएको हो ।

यसैगरी विभिन्न प्रतियोगितामा विजय हासिल गरेका क्लबलाई समेत नगदसहित पुरस्कृत गरिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । पुरस्कृत हुनेमा ‘ए’ डिभिजनमा रहेका थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस् क्लब, सातदोबाटो युथ क्लब र चर्च व्वाइज युनाइटेड क्लब रहेका छन् ।

यस्तै ‘बी’ डिभिजनमा रहेका च्यासल युथ क्लब, ब्रिगेड व्वाइज र खुमल्टार युथ क्लब तथा ‘सी’ डिभिजनमा रहेका सानेपा युथ क्लब, खालीबारी युथ क्लब, पुल्चोक स्पोर्टस् क्लब र झम्सिखेल युथ क्लबलाई पुरस्कृत गरिएको छ । सबै क्लबलाई प्रमुख महर्जनले रकमको चेक हस्तान्तरण गरे ।

“आगामी दिनमा खेलकुद क्लबलाई प्रदान गरिने रकममा वृद्धि गर्छौँ”, प्रमुख महर्जनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

  फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला

मेयर कप क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको

टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

  काठमाडौँ । टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि