प्रधानमन्त्री कप क्रिकेटमा स्याङ्जा फाइनलमा



कास्की ।  स्याङ्जा आसन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा शनिबारको खेलमा कास्कीलाई ७७ रनले पराजित गरी समूह ‘ए’ को विजेता बन्दै स्याङ्जाले फाइनलमा स्थान बनाउन सफल भयो ।  स्याङ्जाले यसअघि बाग्लुङलाई पनि पराजित गरेको थियो । खेलमा टस जितेर सुरुवातमा ब्याटिङ रोजेको स्याङ्जाले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै दुई सय २२ रनको योगफल बनाएको थियो ।

खेलमा जितका लागि दुई सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कास्की ४० ओभरको तेस्रो बलमा जम्मा एक सय ४५ रन बनाएर अलआउट भयो । स्याङ्जाका अङ्कित न्यौपाने र आश्विन रानाले तीन÷तीन तथा सन्दीप खत्री क्षेत्रीले एक विकेट लिए ।

स्याङ्जाका ईश्वर क्षेत्रीले सर्वाधिक ५५ र मीलन क्षेत्रीले ३६ रनको योगदान दिए । कास्कीका कप्तान विपीन खत्री तीन तथा नितेश गिरी र आदित्य थापाले समान दुई/दुई विकेट लिए । ‘प्लेयर अफ दी म्याच’ घोषित स्याङ्जाकाका आश्विन रानालाई पर्वत जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रेशमबहादुर केसीले पुरस्कार वितरण गरे

प्रतियोगिताको समूह ‘ए’ मा का खेल सम्पन्न हुँदा कास्कीले दुई अङ्क जोड्न सफल भयो । बाग्लुङले भने कुनै पनि अङ्क जोड्न सकेन । प्रतियोगिता अन्तर्गत आइतबारदेखि समूह ‘बी’का खेल सुरु हुने आयोजक गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । सूमह ‘बी’को विजेताले फाइनलमा स्याङ्जासँग उपाधिका लागि खेल्नेछ ।  प्रतियोगिताको फाइनल खेल पुस २५ गते सञ्चालन हुनेछ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा आगामी पुस २८ गतेदेखि राजधानी काठमाडौँमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । गण्डकी प्रदेशले आफ्नो पहिलो खेल पुस २८ गते लुम्बिनी प्रदेशसँग खेल्ने खेल तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको