स्पेनिस ला लिगामा बार्सिलोना विजयी



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा लास पाल्मासमाथि बार्सिलोनाले २–१ गोलको पुनरागमन जित निकालेको हो । एक गोलले पछि परेको अवस्थामा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गरेको थियो ।

१२ औँ मिनेटमा मुनिर अल हद्दादी मोहमदले स्यान्ड्रो रमिरेज क्यासिलोको पासमा गोल गर्दै लस पालमसलाई सुरुवाती अग्रता दिलाए । ५५ औं मिनेटमा सर्जि रोबर्टोको पासमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई एक–एक गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको अतिरिक्त सयमा डेली सिंकग्रेवेनले गुन्डोगनलाई फल गरेपछि रातो कार्ड पाउँदै मैदान छाडेका थिए । सोही फलका कारण पाएको पेनाल्टीलाई गुन्डोगनले गोलमा परिणत गर्दै बर्सिलोनालाई २–१ जित दिलाए ।

बार्सिलोना जितपछि ४१ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने लस पाल्मास २५ अंकका साथ १० औं स्थानमा छ । शीर्ष २ स्थानमा रहेका रियल मड्रिड र जिरोनाको समान ४८ अंक रहेको छ । ला लिगा अन्तर्गत एथ्लेटिको विलबाओले सेभिल्लालाई २–० गोल अन्तरले पराजित गर्दा ओसासुनाले अल्मेरियामाथि १–० को जित दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको