सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैनः मन्त्री लिम्बू



काठमाडौँ ।  युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताएका छन् ।  नेपाल ओलम्पिक कमिटी (एनओसी) को १५औँ साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रमा मन्त्री लिम्बुले खेलकुद क्षेत्रको विकासमा सबै क्षेत्रको उत्तिकै योगदान आवश्यक रहेको बताएका हुन् ।

“नेपालको खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्र, सरोकारवाला र सरकार एकजुट हुन आवश्यक छ”, उनले भने । खेलकुद क्षेत्रमा लगानी गर्ने व्यक्ति र संस्थालाई पनि प्रोत्साहन गरेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।

मन्त्री लिम्बूले नेपाली खेलकुदका सरोकारवाला निकायको भुमिकाबारे समीक्षा गर्न आवश्यक रहेको बताए । उनले खेलाडीको अपेक्षाअनुरूप खेलकुदका निकाय एनओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को काम कारबाही र भूमिका विषयलाई लिएर समीक्षा गर्नुपर्ने उल्लेख गरे  ।

मन्त्रीले लिम्बुले खेलकुदका जिम्मेवारी निकाय एउटै लक्ष्यमा एक भएर काम गर्ने हो भने नेपाली खेलकुद विकासको नतिजा आगामी पाँच वर्षभित्र देखिने बताए। खेलकुद क्षेत्रको विकासका लागि सबै निकायको साझा धारणा आउनुपर्ने उनको भनाइ थियो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा ओलम्पिकको इतिहास लामो भएपनि अनुभव त्यति लामो हुन नसकेको बताए । उनले ओलम्पिकमा सहभागिता मात्र होइन पदक ल्याउने वातावण बनाउन आफूहरू प्रतिवद्ध रहेको उल्लेख गरे । सरकार खेलकुद सङ्घ, मन्त्रालय र ओलम्पिक कमिटी एक भएर काम गर्दा मात्र नेपाली खेलकुदलाई परिणाममुखी बनाउन सक्ने उनको भनाइ थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नेपाली खेलकुदको संस्थागत विकासको इतिहास लामो भएपछि अपेक्षाअनुसारको नतिजा दिन नसकेको बताए । उनले  काम गर्ने तरिकाबारे प्रशिक्षकसँगै हरेक खेलकर्मीले पनि आफूलाई समीक्षा गर्न आग्रह गरे ।

कार्यक्रममा ओलम्पियन दीपक विष्ट, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलगायतले नेपाली खेलकुद विकासका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ ।

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

  फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला

मेयर कप क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको