टोटनह्यममाथि ब्राइटनको जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले टोटनह्यम हटस्परमाथि शानदार जित निकालेको छ ।गएराति भएको खेलमा ब्राइटनले टोटनह्यम हटस्परलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।ब्राइटनको जितमा जाओ पेड्रोले २ गोल पेनाल्टीमा गर्दा ज्याक हेन्सलवुड र प्रेभिस जोसुले एक एक गोल थपेका थिए ।

टोटनह्यामका लागि एलेजो वेलिज र बेन्जामिन डाभिसले एक एक गोल फर्काए । घरेलु मैदानमा ब्राइटनल ११ औं मिनेटमा अग्रता लिएको थियो । पेड्रोको पासमा हेन्सलुवडले गोल गरका थिए । २३ औं मिनेटमा पेड्रोले पेनाल्टीमा गोल गरेका थिए । डीबक्स भित्र ह्यान्ड भएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि ब्राइटन २–० ले अघि बढेको थियो ।

६३ औं मिनेटमा ब्राइटनले गोल गर्दै खेल ३–०मा पुर्याएको थियो । उसका लागि प्रेभिस जोसुले जेम्स मिल्नरको पासमा गोल गरेका थिए ।
७५ औं मिनेटमा फेरि पेनाल्टीमा पेड्रोले गोल गर्न सफल भए । उनले पेनाल्टीमै लगातार २ गोल गर्दा ब्राइटन ४–० को सहज अवस्थामा पुगेको थियो ।

८१ औं मिनेटमा टोटनह्यामका लागि एलेजो बेलिजले सन हिउङ मिनको पासमा गोल गर्दै अग्रता ४–१ मा झारे । ८५ औं मिनेटमा पेड्र पोरोरोको पासमा डाभिसले गोल गर्दै ४–२ मा ल्याए पनि जितका लागि पर्याप्त भएन । जितसँगै ब्राइटन ३० अंक बनाएर तालिकाको आठौैं स्थानमा उक्लदा टोटनह्याम भने ३६ अंकका साथ पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

  फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला

मेयर कप क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको

टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

  काठमाडौँ । टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि