प्रधानमन्त्री कप क्रिकेटमा एपिएफको छैटौँ जित

काठमाडौँ । प्रधानामन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बलको एपिएफ क्लबले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौँ जित दर्ता गराएको छ ।

प्रतियोगितामा ६ खेल खेलेको एपिएफले छ खेलमै जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १२७ रनको योगफल बनायो ।

एपिएफका लागि ममता चौधरीले सर्वाधिक ४० रन बनाइन् । उनले ३३ बलमा ६ चौकाको मद्धतमा अविजित ४० रन बनाएकी हुन् । रोमा थापाले अविजित ३१ रन जोडिन भने सीता राना मगर १९, इन्दु बर्मा १० र ज्योति पाण्डेले ८ रन बनाइन् ।

गण्डकीका लागि ज्योत्सनिका मरासिनीले सर्वाधिक २ विकेट लिइन् भने कुसुम गोदारले १ विकेट लिइन् । एपिएफले दिएको १२८ रनको लक्ष्य गण्डकी २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रनमा समेटियो । गण्डकीका लागि सृष्टि जैशी र सुमन खतिवडाले समान १७÷१७ रन बनाए । त्यस्तै ज्योत्सनिका मरासिनीले १३ र सिर्जना पौडेलले ११ रन बनाए ।

एपिएफका लागि नेरी थापाले सर्वाधिक ४ विकेट लिइन् भने सोनु खड्काले २ र करुणा भण्डारीले १ विकेट लिइन् । यो हारसँगै गण्डकीको शीर्ष ४ मा रहेर प्लेअफ खेल्ने सम्भावना समाप्त भएको छ । प्लेअफमा एपिएफसँगै कोशी, सुदूरपश्चिम र बागमती प्रदेशले स्थान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ ।

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

  फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला

मेयर कप क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको