प्रधानमन्त्री कप क्रिकेटमा एपिएफको तेस्रो जित



 

काठमाडौँ ।  सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । नेपाली महिला क्रिकेट टोलीकी कप्तानसमेत रहेकी इन्दु वर्माको उत्कृष्ट प्रदर्शनमा एपिएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो ।

एपिएफले यसअघि मधेस प्रदेशलाई १० विकेटले हराएको थियो भने सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो । एपिएफ ३ खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्षस्थानमा छ । कोशी प्रदेशको समान ६ अङ्क भए पनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ ।

जितका लागि १ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रनको योगफल बनायो । लुम्बिनीको लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन बनाइन् । उनले ४९ बलमा २ चौकासहित २८ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

एपिएफकी इन्दु वर्माले ३ विकेट लिइन् । त्यस्तै विनु बुढाले २ विकेट लिइन् भने रेखा रावल, करुणा भण्डारी र सीता रानामगरले समान १/१ विकेट लिए । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रनको योगफल बनाएको थियो ।

एपिएफको जितमा इन्दु वर्माले सर्वाधिक ७० रनको योगदान दिइन् । उनले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिएकी हुन् । त्यस्तै ममता चौधरीले ५८ बलमा ५ चौकासहित ५९ रन बनाइन् ।

त्यसैगरी कप्तान सीता रानामगरले ९, रोमा थापाले ३ तथा राजमति ऐरीले २ रन बनाइन् । लुम्बिनीका लागि सरस्वती पुन र शर्मिला रोकाले समान एक/एक विकेट लिइए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

  काठमाडौँ । टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ

एपिएफ ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौँ ।  ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक

क्यानले बनायो पाँच समिति

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पाँच वटा समिति गठन गरेको छ