बागमतीद्वारा मधेस प्रदेश पराजित



 

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई पराजित गरेको छ । बागमतीले मधेसलाई २८ रनले हराएको हो ।

बिहीबार  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मधेस प्रदेशले टस जितेर पहिला फिल्डिङ राजेको थियो । बागमतीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १७ रन बनायो । एक सय १८ रनको विजय लक्ष्य पछ्याएको मधेसले पाँच विकेटको क्षतिमा ८९ रन मात्र बनाउन सक्यो ।

बागमतीका लागि यशोदा विष्टले अविजित ४७, कप्तान अश्मिना कर्माचार्यले अविजित ३० र हेलिशा गुरुङले १२ रन बनाइन् । बलिङतर्फ मधेसकी पूजा महतोले दुई तथा कविता गौतमले एक विकेट लिइन् ।

यसैगरी मधेस प्रदेशका लागि ८७ रन बनाउने क्रममा पूजा महतोले सर्वाधिक ३५ रन बनाइन् । उनले ४५ बल खेल्दै चार चौका हिर्काइन् । यसैगरी अनुराधा चौधरीले २८ बलमा तीन चौकासहित २१ रन तथा प्रतिमा शाहले १४ रन बनाइन् । बलिङतर्फ बागमतीकी अश्मिना कर्माचार्यले दुई तथा मनिषा उपाध्यायले एक विकेट लिइन् ।

यसैबीच प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले कीर्तिपुर खेल मैदानमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच तथा अर्को खेल मुलपानी खेल मैदानमा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबबीच भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी