बिडिसिए कपको उपाधि निङलाशैनीलाई



बैतडी । बैतडीमा जारी २० औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङलाशैनी क्रिकेट क्लबले हात पारेको छ ।

बुधबार भएको फाइनल खेलमा दशरथचन्द एकेडेमीमाथि एक विकेटको सङ्घर्षपूर्ण जित निकाल्दै निङलाशैनीले उपाधि रक्षा गरेको हो । यो उपाधिसँगै निङलाशैनीले ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । एकेडेमीले दिएको २२९ रनको लक्ष्य पछ्याएको निङलाशैनीले ४६.१ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य हासिल गर्यो ।

त्यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको एकेडेमी ४९ ओभरमा २२८ रनमा समेटियो । एकेडेमीका वसन्त खत्रीले ५८ रनको योगदान गरे । निङलाशैनीका कप्तान रिसिकेश बोहरा र खडक बोहराले ३/३ विकेट हात पारे ।

यसैबीच प्रतियोगिताभर ५४६ रन र ८ विकेट लिन सफल निङलाशैनीका खडक बोहरा सर्वाेत्कृट खेलाडी र बेस्ट बलर हुँदै साढे ७ हजार पुरस्कार हात पारे । प्रतियोगितामा १४ विकेट लिएका एकेडेमीका वसन्त खत्री बेस्ट बलर हुँदै २ हजार ५ सय पुरूस्कार पाए ।

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल,नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिलाले संयुक्तरूपमा पुरस्कार वितरण गरे ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा गत मङ्सिर १६ गतेदेखि सुरू भएको प्रतियोगितामा १३ टोली सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी